थप २४६ जनामा सङ्क्रमण, कुल २० हजार ३३२

काठमाडौं, साउन १८ गते । कोरोनाभाइरसका २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार ८६१ जनाको स्वाब परीक्षण गरिएकोमा २४६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या २० हजार ३३२ पुगेको बताउनुभयो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १११ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

Facebook Comments