उपत्यकामा थपिए १५ जना कोरोना संक्रमित, ४९१ पुग्याे राजधानीमै

उपत्यकामा बुधबार थप १५ जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएकाे छ। बुधबार देशभर २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

काठमाडाैं ३ सय ५०, ललितपुरमा ९० र भक्तपुरमा ५१ गरी कुल ४ सय ९१ जना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार २ सय १० जनामा कोरोना संक्रमण भएकाे जानकारी गराए।

यो सँगै नेपालमा १९ हजार २ सय ७३ जनामा संक्रमण पुष्टि भइसकेकाे छ। पछिल्लो २४ घन्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।  

देशभर ५ हजार २ सय ३ जना आइसोलेसनमा रहेका छन् । हालसम्म १४ हजार २१ जना निको भएका छन्।

आज मात्रै १ सय ४६ जना निकाे भए।  कुल संक्रमितमध्ये ७२.७ प्रतिशतले कोरोना जितेको डा. गौतमले बताए। बुधबारसम्म १४ हजार ४ सय ७१ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणको कारणले ४९ जनाको मृत्यु भएको छ।

Facebook Comments