१३३ संक्रमित थपिँदा कुल संक्रमित १८ हजार ३ सय ७४ पुगे

शुक्रबार देशभर एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्।

यससँगै नेपालमा १८ हजार ३ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। शुक्रबार देशभर ५ हजार ३ सय ८३ जना आइसोलेसनमा रहेको डा. गौतमले बताए।
हालसम्म १२ हजार ९ सय ४७ जना संक्रमण निको भएका छन्।

आज मात्रै १ सय ७ जना कोरोना जितेर घर फर्किएका छन्। कुल संक्रमितमध्ये ७०.४ प्रतिशतले कोरोना जितेको डा. गौतमले बताए। शुक्रबार १९ हजार ४ सय ४४ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments