काठमाडौं उपत्यकाका थप नौ जनामा कोरोना पु्ष्टि

काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कुल एक सय ४७ संक्रमित थपिएकामध्ये उपत्यकाका ९जना रहेको जनाएको छ।

थपिएकामध्ये काठमाडौंमा ५, ललितपुर र भक्तपुरका २/२ जना छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा काठमाडौं उपत्यकाका थप ९ जनामा संक्रमण पुष्टि भएको बताएका हुन्।

पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएकोमा एक सय ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।

अहिलेसम्म १२ हजार ८ सय ४० जना संक्रमण निको भएका छन्। आज मात्रै १ सय ५६ जना कोरोना जितेर घर फर्किएका छन्।

अब २० हजार ९८ जना क्वारेन्टाइमा रहेका छन्।

Facebook Comments