एक जिल्लाबाट अर्को जिल्लामा छोटो दुरीका बस चलाउन दिने मन्त्रीपरिषदको निर्णय

मन्त्रीपरिषदको बैठकले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले यसबारे निर्णय गरेको हो । 

सामाजिक दुरी कायम राख्नुका साथै स्वास्थ्य सर्तकता अपनाउँदै छोटो दुरीमा अन्तर जिल्ला यात्रुबहाक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै आगामी भदौ १ गतेदेखि सरकारले हवाई उढानपनि थाल्ने भएको छ ।

यसैबिच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन् ।

Facebook Comments