सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ

मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कायम भएको छ। सोमबार ९२ हजार ३ सयमा कारोबार भएको सुन आज सय रुपैयाँले घटेको हो।

अन्तर्राष्टिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।अन्तर्राष्टिय बजारमै सुनको मूल्य घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढी हो।

Facebook Comments