अछामको बयलपाटा अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

सुदूरपश्चिममा थप एक जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ।

अछामको रामारोशन गाउँपालिका– ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुङ्गानाले पुष्टि गरे। उनको असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएको थियो।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म कोरोनाबाट २९ जनाको मृत्यु भइसकेको पुष्टि गरेको थियो।

Facebook Comments