फेसबुक, युट्युब लगायतलाई नियन्त्रण गर्न सरकारले एक अर्ब खर्चिदै

फेसबुक युट्युब ट्विटर तथा अनलाईन न्युटपोर्टलमा प्रकाशित सामाग्रीको नियमनका लागी सरकारले झण्डै एक अर्ब खर्चने तयारी गरेको छ ।  सरकारले सामाजिक सञ्जालमा भ्रामक र अफवाहपूर्ण सामाग्री बढेकाले यसको नियन्त्रण गर्नुपर्ने भन्दै ब्लक गर्ने सिष्टम राख्न खोजेको हो । यसका लागी स्वचालित कन्टेन्ट फिल्टरिङ तथा यूआरएल ब्लकिङ गर्ने सिष्टम खरिदको प्रक्रिया अघि बढिसकेको छ । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेटमार्फत आउने विषय बस्तुको नियन्त्रणका लागी यसको प्रयोग हुनेछ । स्रोतका अनुसार उपकरणको मुल्यमात्रै एक अर्ब हाराहारीमा पर्नेछ भने यसको सञ्चालन खर्च समेत सोही अनुपातमा हुने अनुमान छ ।   आगामी बैशाखसम्म सञ्चालनमा ल्याईसक्ने गरि अघि बढेको  यो परियोजनाको काम नेपाल दुरसञ्चार प्राधिकरणको फ्रक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखाले जिम्मा लिएको छ । 

Facebook Comments